BBC News, नेपाली - होमपेज
मुख्य समाचार
लाइभ, मृतकको सङ्ख्या ११ सय नाघ्यो, बाढीले निम्त्याएको सङ्कटबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
आज भोटेकोशी-त्रिशूली बाढी आएपछिको आठौँ दिन। यो लाइभ पेजमा हामीले खोज, उद्धार र राहतसहित विभिन्न विषयमा ताजा जानकारी प्रस्तुत गर्दै जाने छौँ।
बिहेभोजमा अमेरिकी हमला हुँदा 'पाँच जनाको मृत्यु', इरानद्वारा विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार
अमेरिकी सेनाले बिहेभोजमा मानिसहरू हताहत भएको जानकारी पाएको तर आफूले कहिल्यै सर्वसाधारण मानिसहरूलाई निसाना नबनाएको दाबी गरेको छ।
४१ वटा मोटर चल्ने र ४५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनेपछि विकल्पमा बेलिब्रिज
बाढीले पुल बगाएका स्थानमा अधिकारीहरूले कतै तत्काल बेलिब्रिज जडानको प्रक्रिया सुरु गरेका छन् भने कतै अझै विभिन्न विकल्प हेरिरहेका बताएका छन्।
'शायद म पनि बाढीमा विलीन हुन्थेँ'
नेपाल चीन सिमानाको अन्तिम नेपाली बजारमा अवस्थित अध्यागमन कार्यालयका एक जना सरकारी कर्मचारी तीन दिनअघि परीक्षा दिन काठमाण्डू आएका कारण गत हप्ताको भीषण बाढीबाट बाँचे। आफू जोगिनुलाई 'पुनर्जन्म' भनेका उनलाई त्यसयता बिहानैबाट चहलपहल हुने उक्त सीमावर्ती क्षेत्रमा सयौँको सङ्ख्यामा रहेका मानिसहरू कहाँ होलान् भन्ने प्रश्नले सताइरहेको छ।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाण्डू आउन कस्ता गाडीलाई अनुमति, कस्तालाई रोक
पृथ्वी राजमार्गमा सडक भासिएपछि काठमाण्डू आउजाउ तथा सामान ओसारपसार ठप्प नहोस् भनेर विकल्पका रूपमा तीन वटा रूट तोकिएको अधिकारीहरूले बताएका छन्।
कृष्णभीरमा भासिएको सडक बन्न समय लाग्ने चिन्ता, काठमाण्डूमा कस्तो प्रभाव पर्ला?
पृथ्वी राजमार्गको कृष्णभीरनजिक करिब ६० मिटर सडक पूर्ण रूपमा भासिएपछि राजधानी काठमाण्डूमा पूर्ववत् तरिकाबाट खाना पकाउने ग्यासको आपूर्तिमा समस्या उत्पन्न भएको अधिकारीहरूले बताएका छन्।
त्रिशूली ३ए हाइड्रोको सुरुङमा फसेका मानिसहरू खोज्न कस्तो प्रयास हुँदै छ
दर्जनौँ मानिस फसेको भनिएको सुरुङमा उद्धारकार्यको जटिलता र सफलताको सम्भावनाबारे सुरुङविज्ञ श्रीराम न्यौपानेले सोही स्थलबाट बीबीसीलाई दिएको विवरण।
बाढीमा नष्ट भएका सरकारी कागजपत्र फेरि कसरी बनाउन सकिन्छ?
भोटेकोशी-त्रिशूली बाढीमा सयौँ निजी घर र सरकारी कार्यालयहरू बगेका छन्, त्यससँगै नष्ट भएका नागरिकका सरकारी कागजातहरू फेरि बनाउन कति सहज हुन्छ?
बाढी प्रभावित क्षेत्रमा अत्यावश्यकीय सेवाको अवस्था कस्तो छ? कसरी मद्दत लिने?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मको समन्वयमा खाना, पानी, वास र स्वास्थ्य उपचारजस्ता अत्यावश्यकीय सामग्रीहरूको व्यवस्थापन गरिरहेको जनाएको छ।
अनि यो पनि
'सुरुङभित्र फसेका मानिसहरू पावरहाउसमा बसेका हुन सक्छन्': कुलमान घिसिङ
बाढीका कारण जलविद्युत् आयोजनामा फसेको ठानिएका मानिसहरू सुरुङको मार्गभन्दा भित्र पावरहाउस संरचनामा बसेको र उनीहरू जीवितै हुन सक्ने नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुखले बीबीसीलाई बताएका छन्।
भिडिओ, बाढीले बगाएका शव पहिचान गर्न किन गाह्रो?, समयावधि 2,24
बाढीमा बेपत्ता भएकाहरूको शव फेला परे पनि पहिचान हुन नसक्नुका कारण के हुन्?
जलविद्युत् आयोजनाका सुरुङ किन 'जोखिम'मा हुन्छन्?
रसुवा बाढीपछिको मुख्य उद्धार प्रयास हाल सुरुङमा केन्द्रित रहँदा अधिकारी तथा विज्ञहरूले जलविद्युत् सुरुङभित्रको जटिलताबारे बीबीसीसँग कुरा गरेका छन्।
रसुवामा 'फुट्ने जोखिम' मा रहेको भनिएको नयाँ हिमतालबारे हामीलाई के थाहा छ
वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीका अनुसार नयाँ सिर्जना भएको हिमताल रसुवाको लाङ्टाङ-लेरुङ हिमालको पश्चिमपट्टिको भिरालोमा करिब ४,००० मिटर उचाइमा रहेको छ।
चार जनाको सूचना जसले ९०० स्कूले विद्यार्थी बचाउन सघायो
बाढी आउँदा कक्षा ८ देखि १२ सम्मका ९०० जनाभन्दा धेरै विद्यार्थी त्रिभुवन त्रिशूली विद्यालयमा थिए। त्यस बेला विद्यालयमा करिब ३० जना शिक्षक र कर्मचारी थिए। दोस्रो सत्रका लागि थप विद्यार्थी लिएर दुईवटा बसहरू विद्यालयतर्फ फर्कँदै थिए।
थप समाचार
विज्ञान तथा प्रविधि
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।
बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम
खाने परिकारलाई मिठो बनाउनुका साथै विश्वकै प्राचीन र धेरै मन पराइएको बेसारको स्वास्थ्यलाई फाइदा चाहिँ के कति?
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
बढ्दो प्रमाणहरूले तिघ्राको मोटाइ र लामो आयुमा सम्बन्ध भएको सुझाएको छ।
'छ वर्षमै मेरो महिनावारी भयो तर डाक्टरहरूले किन भन्ने थाहै पाएनन्'
प्रिकोशस प्यूबर्टीले बालबालिकामा यौवनावस्था सुरु भएका सङ्केतहरू सामान्य समयअगावै देखाउँछ र यो बालिकाहरूमा अझ बढी देखिएको छ।
शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया
'ग्यास्ट्रोस्किसिस' नामक समस्यासँगै जन्मिन लागेका एक शिशुलाई सुरक्षित जन्माउन डाक्टरहरूले आमाको गर्भमै हुँदा शल्यक्रिया गरेका छन्।
बीबीसी विशेष
भिडिओ, 'आँखैअगाडि दुई जनालाई बगायो, तर म १० सेकेन्डले बाँचेँ', समयावधि 3,24
नुवाकोटको बट्टारकी युनिशा अमात्य स्थानीय त्रिभुवन त्रिशूली विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्। गत बुधवार बाढी आउँदा उनी विद्यालयमा थिइन्।
बाहिरबाट आएका सहायतामा 'जेनरेटरदेखि शव राख्ने थैलासम्म', नेपालको खाँचो कस्तो
विनाशकारी बाढीको छैटौँ दिनसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेका बेला तत्काल खाँचो परेका चारपाँच प्रकारका सहायता सामग्रीका विषयमा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय भइरहेको र तीमध्ये केही सहयोग प्राप्त भइसकेका तथा केही प्राप्त हुने क्रममा रहेका अधिकारीहरूले बताएका छन्।
भोटेकोशी बाढीको पूर्वसूचनामा नेपाल चुकेको पाटो र अबको सुधारको बाटो
कतिपयले समयमै सर्वसाधारणले पूर्वसूचना पाउन सकेका भए अहिलेको भन्दा केही हदसम्म मानवीय क्षति कम हुन सक्थ्यो भनी तर्क गरिरहेका छन्। तर अधिकारीहरू के भन्छन्?
बाढीको जोखिम थाहा हुँदाहुँदै किन छन् नदीकिनारमा बाक्ला मानवबस्ती
अहिलेको विनाशकारी बाढीसँगै नदी किनारका कतिपय बस्तीको अवस्थितिबारे पुनर्विचार गर्नुपर्ने र त्यस्ता स्थानमा नयाँ भवन तथा संरचना निर्माण गर्दा हाल देखिएजस्ता प्राकृतिक चुनौतीलाई पनि गम्भीर रूपमा ध्यान दिनुपर्ने अवस्था दर्शाएको विश्लेषण हुन थालेको छ।
बाढीपीडितलाई कसरी गर्ने सहयोग, आफैँले के गर्न मिल्छ के मिल्दैन
सरकारले बाढी पीडितका लागि राहत सामग्री तथा आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरूलाई राहत लिएर आफूखुसी बाढी प्रभावित क्षेत्रमा नजान भनेको छ।
















































